Hikmat Acharya
  • १० कात्तिक २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

दार्चुलामा पहिलो पटक स्त्रीरोग विशेषज्ञ डाक्टर


दार्चुला : जिल्ला अस्पताल दार्चुलामा पहिलो पटक स्त्रीरोग विशेषज्ञ डाक्टरले सेवा दिन थालेकी छन्।

विसं २०४२ मा स्थापना भएको अस्पतालमा डा। स्मृति शाहीले गत असोज ९ गतेदेखि काम सुरु गरेकी हुन्।

अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टका अनुसार यसअघि जिल्लामा स्त्रीरोग विशेषज्ञ नहुँदा गर्भवती महिला र अन्य बिरामीलाई उपचारमा कठिनाइ हुँदै आएको थियो। अब महिलाले आफ्ना रोग लुकाएर बस्नुपर्ने अवस्था अन्त्य भएको उनले बताए।

अस्पतालका प्रमुख डा. रवीन्द्र भट्टराईले स्त्रीरोग विशेषज्ञ ल्याउन निकै प्रयास गर्नुपरेको बताउँदै दुर्गम क्षेत्रका नागरिकलाई स्वास्थ्य सेवा पुर्‍याउन गर्व लागेको बताए।

डा। शाहीले यसअघि डडेल्धुरा, जोरपाटी र म्याग्दीमा सेवा गरिसकेकी छन्। उनले दार्चुलाजस्तो विकट क्षेत्रमा आएर सेवा गर्न पाउनु गर्वको विषय भएको बताइन्।

अब जिल्ला अस्पतालमै महिलासम्बन्धी सम्पूर्ण रोगको उपचार र शल्यक्रिया सम्भव हुने अस्पतालले जनाएको छ। हाल अस्पतालमा तीन विशेषज्ञसहित दश जना चिकित्सक कार्यरत छन्।

कात्तिक ३ देखि ७ गतेसम्म पाँच दिनमा मात्रै १५१ जनाले उपचार सेवा लिएका छन्।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode