Techie IT
  • २९ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

सरकारले दुर्गा प्रसाईंलाई सम्झाउने, नटेरे ‘ठोक्ने’ !


सरकारले दुर्गा प्रसाईंलाई सम्झाउने, नटेरे ‘ठोक्ने’ !

धनगढी : प्रधानमन्त्रीले आज बिहान बालुवाटारमा चार वटै सुरक्षा निकायका प्रमुखहरुसँग बैठक गरी दुर्गा प्रसाईंलाई “एकपटक सम्झाउने, नमाने कडाइका साथ कारबाही गर्ने” निर्णय गरेका छन्।

प्रधानमन्त्री र गृहमन्त्रीको उपस्थितिमा भएको छलफलमा प्रसाईंले समाज भड्काउने अभिव्यक्ति दिँदै आएको विषयमा रणनीति तय भएको हो।

छठपछि प्रसाईंले राजसंस्था पुनःस्थापनाको आन्दोलन गर्ने चेतावनी दिए पनि सुरक्षा निकायले त्यसमा जनसहभागिता न्यून हुने रिपोर्ट गरेको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालले भने, ‘पहिले सम्झाऔं, नटेरे कर्तव्य अनुसार कारबाही गरौं।’

प्रहरी स्रोतका अनुसार अब अराजक गतिविधि सह्य नहुने र गाडी वा घर जलाउने प्रयास देखिए ‘सिधा कारबाही’ गरिने चेतावनी दिइएको छ। सुरक्षा निकायले यसको लागि विशेष कार्ययोजना पनि तयार गरिरहेको छ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode