Techie IT
  • ३० मंसीर २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

सामुहिक कुटपिटबाट बझाङका एक युवकको मृत्यु


सामुहिक कुटपिटबाट बझाङका एक युवकको मृत्यु

बझाङ– बझाङमा कुटपिटमा परेर एक युवकको मृत्यु भएको छ। जिल्लाको जयपृथ्वी नगरपालिका–५ डिलबगरका २० वर्षीय अभिशेष थापाको मृत्यु भएको हो।

कात्तिक २ गते साँझ मृतक थापालाई स्थानीय युवाको समूहले कुटपिट गरेको थियो।

कुटपिटबाट गम्भीर घाइते भएका अभिशेकको बझाङमा उपचार हुन नसकेपछि धनगढी लगिएको थियो। धनगढीस्थित निर्सग अस्पतालले उनलाई सोमवार मृत घोषणा गरेको हो।

घटनामा संलग्न रहेको भन्दै नेपाली सेनाका सिपाही प्रचण्ड थापा, सोही गाउँका अनिल थापा र खगेन्द्र जोशीलाई ३ गते नियन्त्रणमा लिएको बझाङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ। तीनै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


क्याटेगोरी : सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode