Hikmat Acharya
  • ४ कात्तिक २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

वडाध्यक्ष र इन्जिनियरसहित १३ जुवाडे पक्राउ


दाङ : घोराहीका वडाध्यक्ष र इन्जिनियरसहित १३ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

काठेकोल स्थित एक होटेलमा जुवातास खेलिरहेका घोराही उपमहानगर वडा नम्बर १८ का वडाध्यक्ष भरतमणि अर्याल र घोराही उपमहानगरपालिकामै कार्यरत इन्जिनियर प्रवीण रावतसहित १३ जना जुवाडे गए राति पक्राउ परेको दाङ प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिए ।

पक्राउ परेका अर्याल एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।

त्यसै गरी जुवा खेल्दै गरेका घोराही १८ का कृष्णबहादुर घर्ती, पूर्व इन्सपेक्टर नारायण प्रसाद अधिकारी, मितेरी हस्पिटल सञ्चालक माधव भण्डारी, म्यानपावर सञ्चालक विक्रम के.सी., लंक बहादुर बुढा, सागर बुढा र राप्ती गाउँपालिका २ का तेज प्रसाद आचार्य पक्राउ परेको प्रहरीले जनाएको छ ।

जुवाको खालबाट ३ लाख ४५ हजार ९ सय १५ रुपैयाँ र ३ गड्डी तास प्रहरीले बरामद गरेको छ । प्रहरीले गए राति घोराहीकै अर्को जुवाको खालमा पनि छापा हानेको छ ।

घोराही १५ काठेकोलस्थित मिरज श्रेष्ठको घरमा जुवा खेलिरहेका घोराही १८ का अनुप कशौधन, घोराही १५ का ज्ञानेन्द्र रिजाल, एकराज खत्री र घोराही १४ का सोहेलमान मनसुरीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूको साथबाट ६० हजार ६ सय ४० रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरूलाई जिप्रकाको हिरासतमा राखिएको छ ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode