Hikmat Acharya
  • २८ असोज २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

डडेल्धुराका गाैरवलाई चक्कु हान्ने १० जना पक्राउ, भाग्दै थिए भारततर्फ


धनगढीः कैलालीको गोदावरी नगरपालिका–४ स्थित शुभम होटलमा खाना खाइरहेका बेला डडेल्धुराका ३२ वर्षीय गौरव ऐरमाथि चक्कु प्रहार भएको घटनामा संलग्न भएको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त टोलीले भारततर्फ भाग्दै गरेका धनगढी उपमहानगरपालिका–२ का सन्नी नेपालीसहित १० जनालाई गएराति पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीमा राखी थप अनुसन्धान सुरु गरिएको छ।

भारततर्फ भाग्ने क्रममा सीमा नजिकैबाट पक्राउ परेका उनीहरूले डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ का ऐरमाथि आइतवार राति चक्कु प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घाइते ऐरलाई उपचारका लागि भारत लगिएको बताइएको छ।


क्याटेगोरी : अपराध, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode