Hikmat Acharya
  • २७ असोज २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

चुनाव हारेर पनि जनताको सेवामा तल्लिन निर्मला


धनगढीः चुनाव हारेपनि अछामको बान्नीगढी जयगढ गाउँपालिकाकी निर्मला साउद जनताको सेवामा तल्लिन छिन्।

माओवादी केन्द्रकी नेतृ निर्मला २०७९ सालको स्थानीय तहको निर्वाचनमा बान्नीगढी जयगढ गाउँपालिकामा झिनो मत अन्तरले उपाध्यक्ष पदमा पराजित भएकी थिइन्।

गाउँपालिका उपाध्यक्ष पदमा मात्र १६ मतको फरकले पराजित भए पनि मतबदर भएका कारण हार बेहोर्नु परेको चर्चा पनि छ।

निर्मला सामाजिक कार्यमा पनि व्यस्त छिन्। शनिबार अछामबाट धनगढी जाँदै गरेको इभी डोटीमा दुर्घटना हुँदा घाइतेको उपचारमा सघाउ पु¥याउन उनी अग्र स्थानमा रहेर खटिएकी थिइन्।

निर्मला साउदको सक्रियताले गठबन्धन तर्फबाट नेपाली कांग्रेसका टेकबहादुर साउदलाई गाउँपालिका अध्यक्षमा विजय गराउन महत्वपूर्ण भूमिका खेलेको राजनीतिक विश्लेषकहरूले टिप्पणी गरेका छन्।

धनगढीमा होटल व्यवसाय सञ्चालन गर्दै आएकी उनले स्वदेश तथा विदेशबाट नेपाल आउने व्यक्तिहरूलाई धनगढीमा आवश्यक पर्ने सहयोग गर्दै आइरहेकी छन्।

उनी स्थानीय विकासका विभिन्न कार्यक्रममा पनि संलग्न रहँदै आएका कारण समुदायमा उनको लोकप्रियता उच्च छ।

निर्मला साउदले आगामी दिनहरूमा पनि हार–जित भन्दा परै जनताको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन्।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode