Hikmat Acharya
  • २ कात्तिक २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

टीओबी समूहका पेस्तोलधारी पुगे प्रहरीको सम्पर्कमा


काठमाडौँ : जेनजी आन्दोलनमा पेस्तोलसहित देखिएका भनिएका युवक प्रहरी कार्यालय पुगेका छन्। आइतबार उनी सुरुमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु पुगेका थिए।

उक्त कार्यालयले उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौँ पठाएको एसएसपी रमेश बस्नेतले जानकारी दिए। प्रहरी कार्यालय पुगेका तेन्जेन दावाले आफू टीओबीको सदस्य भएको समेत स्वीकार गरेका छन्।

तर उनले उक्त पेस्तोलसहित देखिएको फोटो भने पुरानो भएको दाबी गरेका छन्। काठमाडौं परिसरका प्रवक्ता एसपी पवन भट्टराईले उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको बताए।

‘भिडिओमा देखिएको व्यक्ति आफू भएको स्वीकार गरे पनि उनले घटना पहिलेको भनेका छन्। हामी थप अनुसन्धान गर्दै छौँ। भिडिओ, फोटोहरू सार्वजनिक भएपछि आफैँ प्रहरीको सम्पर्कमा आएका हुन्,’ उनले भने।

भदौ २३ र २४ गतेको आन्दोलन भड्काउन टीओबी लेखेको टिसर्ट लगाउने समूहको भूमिका रहेको भन्दै तस्बिर र भिडिओहरू सार्वजनिक भएका छन्। उक्त समूहमाथि प्रहरीले निगरानी बढाएको छ।


क्याटेगोरी : अपराध, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode