Hikmat Acharya
  • २७ असोज २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

आफूमाथि अनुसन्धान गर्न माग गर्दै डडेल्धुराका यादव जोशीको प्रहरीमा निवेदन


डडेलधुरा: जेनजी आन्दोलनको क्रममा तोडफोडमा संलग्न भएको आरोप लागेका डडेलधुराको गन्यापधुरा–२ का यादव जोशीले आफूमाथि निष्पक्ष अनुसन्धान गर्न माग गर्दै प्रहरी प्रधान कार्यालयमा निवेदन दिएका छन्।

जोशीले शुक्रबार काठमाडौंको नक्शालस्थित प्रहरी प्रधान कार्यालयमा निवेदन दिँदै आफू कुनै आपराधिक गतिविधिमा संलग्न नभएको स्पष्ट पारेका छन्। उनले यदि संलग्नता देखिए कानुनी कारबाही गर्न पनि माग गरेका छन्।

जोशी सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. तारा जोशीका सहोदर भाइ हुन् र हाल उनी डा. जोशीको सचिवालयमा कार्यरत छन्।

जेनजी आन्दोलनका क्रममा प्रदेशसभा कार्यालयमा भएको तोडफोडको विषयमा आफूलाई बदनाम गर्न खोजिएको उनले बताएका छन्।

प्रदेशसभाको गजुर खसेपछि उठाएर राख्ने क्रममा खिचिएको फोटोका कारण भ्रम सिर्जना भएको उनको दाबी छ। निवेदनमा उनले लेखेका छन्, ‘मलाई बदनाम गर्ने उद्देश्यले तोडफोडमा संलग्न भएको जस्तो देखाइएको छ। कृपया सो घटनाको छानबिन गरी संलग्नता देखिए कानुनी कारबाही होस्।’

जोशीका अनुसार कैलाली प्रहरीले निवेदन लिन अस्वीकार गरेपछि उनी काठमाडौं आएर प्रहरी प्रधान कार्यालयमा निवेदन दिएका हुन्।

सामाजिक कार्यकर्ता समेत रहेका जोशी ‘बोलन्या थली’ नामक अभियानमार्फत विभिन्न सामाजिक गतिविधिमा संलग्न रहँदै आएका छन्।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode