Hikmat Acharya
  • २७ असोज २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

कैलाली उद्योग वाणिज्य संघको अध्यक्षमा पुष्करराज ओझा निर्वाचित


धनगढी : कैलाली उद्योग वाणिज्य संघको नयाँ अध्यक्षमा पुष्करराज ओझा निर्वाचित भएका छन्।

उनले प्रतिद्वन्द्वी रुपेश स्वाँरलाई ६१ मतको अन्तरले पराजित गरेका हुन्।

ओझा नेतृत्वको प्यानलबाट तीन उपाध्यक्ष र एक महासचिव विजयी भएका छन् भने, स्वाँर नेतृत्वको प्यानलबाट दुई उपाध्यक्ष, एक सचिव र एक कोषाध्यक्षले जितेका छन्। वरिष्ठ उपाध्यक्षमा स्वाँर प्यानलका केशवराज जोशी विजयी भएका छन्।

उनले ओझा प्यानलका ओम बिष्टलाई पराजित गरे।

उद्योग उपाध्यक्षमा स्वाँर प्यानलका लक्ष्मणराज पन्त, एसोसियट उपाध्यक्षमा ओझा प्यानलका मनोज अग्रवाल, वाणिज्य उपाध्यक्षमा ओझा प्यानलका गगनराज केसी र वस्तुगत उपाध्यक्षमा पनि ओझा प्यानलका भीमराज ओझा (अब्बु) विजयी भएका छन्।

महासचिवमा ओझा प्यानलका दिनेश लम्साल विजयी भएका छन्। उनले सुरेश पाण्डेलाई पराजित गरे। त्यस्तै, कोषाध्यक्षमा तिलकबहादुर बोहरा र सचिवमा प्रकाशकुमार चन्द विजयी भएका छन्।   दुबै जना स्वाँर प्यानलका हुन्।

सदस्यतर्फ शुभशंकर ठाकुर, तेज बम, अम्बिका भण्डारी, अजय पाण्डेय, धुव्रराज दाहाल, तर्कराज भट्ट, सुरेश सापकोटा, मन्जु भट्ट, बमबहादुर कुँवर, कमला भट्टराई, प्रेमबहादुर धामी, देवराज जोशी र प्रमिला पाठक विजयी भएका छन्।

संघको नयाँ नेतृत्व चयनका लागि शनिबार भएको मतदानमा २,३३५ मतदाता मध्ये १,९४० मत खसेको थियो। ९ पदाधिकारी र १३ सदस्य गरी २२ पदका लागि ५० जनाले उम्मेदवारी दिएका थिए।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode