डोटी इभी दुर्घटनाका घाइते धनगढीमा उपचारत : घाइते भेट्न पुगे एमाले कैलाली अध्यक्ष ढुंगाना
उपचारमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्दता

धनगढी : अछामबाट धनगढी जाँदै गरेको इभी (हाइस) दुर्घटनामा घाइते भएकाको धनगढीमा उपचार हुँदै छ।
घाइतेको नवजीवन अस्पतालमा उपचार भइरहेको हो।
अस्पतालका अनुसार २० जनामध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइतेहरुको आइसीयूमा राखेर उपचार भइरहेको छ।
असोज २५ गते डोटीको जोरायल गाउँपालिका–१, गोल्डेनस्थित भीमदत्त राजमार्गमा इभी गाडी दुर्घटनामा परेर एकजनाको ज्यान गएको थियो भने २० जना घाइते भएका थिए।
यसैबीच, नेकपा एमाले कैलालीका अध्यक्ष तथा नवजीवन अस्पतालका अध्यक्ष यज्ञराज ढुङ्गानाले घाइतेको स्वास्थ्य अवस्था बारे जानकारी लिएका छन्।
उनले घाइतेको उपचारमा अस्पतालले कुनै कसर बाँकी नराख्ने समते प्रतिवद्धता जनाएका छन्।
अस्पतालमा उपचारत बिरामीहरुसंग भेटघाट गर्दै उनले घाईतेको सिघ्र स्वास्थ्य लाभको कामना गरे । अस्पतालका तर्फबाट बिरामीको उपचारमा कुनै कमि नहुने बताउदै उनले बिरामीहरुको समस्या सधामानका लागी आफु साथमा रहेको बताए ।
दुर्घटनामा ज्यान गुमाएकी २२ बर्षिय हरिया परियारप्रति श्रद्धाञ्जली अर्पण गर्दै ढुंगानाले यातायात समितिले बिरामीको उचित उपचार र ज्यान गुमाएकालाई उचित क्षतिपुर्ति समयमै उपलव्ध गराउनुपर्नेमा जोड दिएका छन् ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया