Techie IT
  • २९ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

कञ्चनपुरका खडक पटकासहित प्रहरी फन्दामा


कञ्चनपुरका खडक पटकासहित प्रहरी फन्दामा

महेन्द्रनगर: कञ्चनपुरमा पटका (विस्फोटक पदार्थ) सहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–३ का ४९ वर्षीय खडक पाल रहेका छन्।

शनिबार साँझ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले विशेष सूचनाको आधारमा पालको घरमा छापा मारेको थियो।

पालको घरबाट २८ लाख ९८ हजार ६ सय ५० रुपैयाँ मूल्यका विभिन्न प्रकारका पटका बरामद गरिएको कञ्चनपुरका डीएसपी सागर बोहराले जानकारी दिए। घटनाको थप अनुसन्धान भइरहेको उनले बताए।


क्याटेगोरी : अपराध, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode