विश्वकप छनोट : सुपर सिक्सको पहिलो खेलमा आज यूएईसँग भिड्दै नेपाल

धनगढी : ओमानमा जारी टी– २० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्समा नेपालले आज यूएईसँग प्रतिस्पर्धा गर्दै छ।
यो खेल नेपाली समयअनुसार आज दिउँसो ४:१५ बजे हुनेछ।
यूएई समूह ‘ए’ र नेपाल समूह ‘बी’को विजेता हुँदै सुपर सिक्समा पुगेका हुन्। यी दुवै प्रतियोगिताका अपराजित टोली हुन्।
त्यसअघि बिहान ११:४५ बजे सुपर सिक्सको पहिलो खेलमा ओमान र कतार प्रतिस्पर्धा गर्दै छन्।
तीन समूहबाट सुपर सिक्समा परेका टोलीमध्ये सुपर सिक्सका खेलपछि शीर्ष तीन टोली आगामी वर्ष भारत र श्रीलंकामा हुने टी– २० विश्वकपका लागि छनोट हुनेछन्।
क्याटेगोरी : खेलकुद, समाचार
प्रतिक्रिया