Hikmat Acharya
  • २७ असोज २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

सुदूरपश्चिममा दसैँको अवधिमा दुर्घटनामा परेर ८ जनाको मृत्यु


धनगढी : दसैँको अवधिमा सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनामा परेर ८ जनाको मृत्यु भएको छ ।

घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको अवधिमा प्रदेशका विभिन्न जिल्लामा भएका सडक दुर्घटनामा परी ८ जनाको मृत्यु भएको हो । त्यस्तै दुर्घटनामा परेर एक सय २२ जना घाइते भएका छन् ।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाले दिएको जानकारी अनुसार यस अवधिमा प्रदेशका पाँच जिल्लामा कुल ४९ वटा सवारीसाधन दुर्घटनामा परेका थिए ।

ट्राफिक प्रहरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराका अनुसार सबैभन्दा बढी दुर्घटना कैलाली र कञ्चनपुर जिल्लामा भएका छन् ।

यी दुई जिल्लामा २१–२१ वटा सवारीसाधन दुर्घटनामा परेका थिए । अन्य जिल्लाहरूको तथ्याङ्क हेर्दा, बैतडीमा भएका पाँच वटा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।

दार्चुलामा पनि एक जनाको मृत्यु भएको छ र १० जना घाइते भएका छन् । डडेल्धुरामा एउटा सवारीसाधन दुर्घटना हुँदा सात जना घाइते भए पनि कुनै मानवीय क्षति भने नभएको डीएसपी जोराले जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशका चार जिल्लाहरू  डोटी, बाजुरा, अछाम र बझाङ भने दसैँको समयमा कुनै पनि सवारी दुर्घटना नभएको तथ्याङ्कले देखाएको छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode