Techie IT
  • २२ मंसीर २०८२, आईतबार
  • काठमाडौं
Paschim Raibar

इजरायल–हमासबीच युद्धविराम सम्झौता, विपिन जोशी रिहा हुने आशा बढ्यो


इजरायल–हमासबीच युद्धविराम सम्झौता, विपिन जोशी रिहा हुने आशा बढ्यो

काठमाडौं : अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासले गाजामा शान्ति स्थापनाका लागि युद्धविराम सम्झौतामा हस्ताक्षर गरेको घोषणा गरेका छन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत अमेरिकाले तयार पारेको गाजा शान्ति योजनाको पहिलो चरणमा दुबै पक्षले हस्ताक्षर गरेको जानकारी दिएका हुन्।

उनले लेखेका छन्, “यसको अर्थ सबै बन्धकहरूलाई छिट्टै रिहा गरिनेछ र इजरायलले सहमति भएको सीमासम्म आफ्ना सेना फिर्ता बोलाउनेछ। यो बलियो, स्थिर र दिगो शान्तितर्फको पहिलो कदम हुनेछ। सबै पक्षसँग निष्पक्ष व्यवहार गरिनेछ।”

ट्रम्पले यो सम्झौताका लागि मध्यस्थता गर्न सहयोग पुर्‍याएका कतार, इजिप्ट र टर्कीलाई धन्यवाद पनि दिएका छन्। उनका अनुसार, हमासले सबै बन्धक रिहा गरे नेपाली विद्यार्थी विपिन जोशी पनि मुक्त हुनेछन्।

बुधबार राति मात्रै बन्धक विपिन जोशीको बोलिरहेको एक पुरानो भिडियो सार्वजनिक भएको थियो। उक्त भिडियो दुई वर्ष पुरानो भएको अनुमान गरिए पनि त्यसले उनी जीवितै रहेको आशा अझ बलियो बनाएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode