Hikmat Acharya
  • २७ असोज २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

सिंहदरबार जल्दा खिचिएको फोटो ‘भाइरल’ भएपछि रक्षा बमको स्पष्टीकरण– ‘कारबाही भोग्न तयार छु’


धनगढी :  जेन–जी आन्दोलनकी अगुवा रक्षा बमले सिंहदरबार जलिरहेको बेला खिचिएको आफ्नो फोटो ‘भाइरल’ भएपछि आफू कारबाहीका लागि तयार रहेको बताएकी छन्।

बुधबार राति सार्वजनिक भिडियो सन्देशमा उनले २३ र २४ भदौमा भएको आन्दोलनका क्रममा भएका सबै फौजदारी घटनामा सरकार कारबाही गर्न तयार हुनुपर्ने बताउँदै भनिन्, ‘यदि म कसुरदार ठहरिन्छु भने म पनि कारबाही भोग्न तयार छु।’

फोटोबारे स्पष्टीकरण दिँदै बमले भनिन्, ‘त्यो सेप्टेम्बर ९ को फोटो हो। सेप्टेम्बर ८ मा भएको व्यवहारप्रति आक्रोशले हामी आन्दोलनमा उत्रिएका थियौं। प्रधानमन्त्रीको राजीनामा मागिरहेका थियौं र त्यही दिन राजीनामा आयो। त्यसलाई प्रतीकात्मक ‘जित’को रूपमा मैले फोटो खिचेकी थिएँ।’

उनले गोली चलाउने घटनामा समेत निष्पक्ष छानबिन गर्न माग गर्दै भनिन्, ‘हरेक फौजदारी कसुरमा कारबाही हुनुपर्छ, सुरुवात मबाट नै गर्नुपरे पनि तयार छु।’

राजनीतिक दल वा विदेशी शक्तिसँग आबद्ध भएको आरोप अस्वीकार गर्दै उनले भनिन्, ‘म कुनै दल वा विदेशी शक्तिसँग जोडिएकी छैन।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode