Hikmat Acharya
  • २७ असोज २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

कञ्चनपुरमा सरकारी कामकाजका लागि प्रभावकारी बन्दै हुलाक सेवा


कञ्चनपुर: जिल्ला हुलाक कार्यालय, कञ्चनपुर सरकारी कामकाजका लागि प्रभावकारी बन्दै गएको छ ।

हुलाक सेवामार्फत सरकारी चिठ्ठी पत्र, रजिष्ट्री चिठ्ठी पत्र दर्ताको काम बर्सेनि बढ्दै गएको छ भने व्यक्तिगत चिठ्ठी पत्र आदान–प्रदानको कार्य भने घट्दो क्रममा रहेको छ । जिल्ला हुलाक कार्यालय कञ्चनपुरमा पछिल्लो पाँच वर्षमा एक लाख ७० हजार ५८७ हुलाक वस्तु आयात तथा निर्यात गरिएका छन् ।

हुलाक कार्यालय कञ्चनपुरका सूचना अधिकारी भोजराज भट्टका अनुसार गत आर्थिक वर्ष २०८१र०८२ मा ३३ हजार ११३ हुलाक वस्तु आयात तथा निर्यात गरिएका छन् । जसमा १३ हजार २७७ रजिष्ट्री चिठ्ठी, १० हजार ५३४ रजिष्ट्री चिठ्ठी ९दर्ता०, पाँच हजार ३०५ समाचार पत्रपत्रिका, दुई हजार ८४० साधारण चिठी, ३२० द्रुत चिठ्ठी, २५३ बुक पोस्ट छापा कागज , २०७ पुलिन्दा, २५७ पुलिन्दा ९दर्ता०, ८२ बुक पोस्ट ९रजिष्ट्री०, ३१ वैदेशिक पार्सल र सात साना पाकेट आयात र निर्यात गरिएका छन् ।

जिल्ला हुलाक कार्यालय कञ्चनपुरमा पछिल्लो पाँच वर्षमा द्रुत चिठ्ठी पत्र, पुलिन्दा दर्ता, वैदेशिक पार्सल, बुक पोस्ट ९रजिष्ट्री० र रजिष्ट्री चिठ्ठी आयात तथा निर्यात सङ्ख्या बढ्दो क्रममा रहेको छ । यसैगरी, पोष्टकार्ड आयातरनिर्यात भने घट्दो क्रममा रहेको छ । विगत दुई वर्षयता पोस्ट कार्ड आयात निर्यात शून्यमा झरेको कार्यालयका सूचना अधिकारी भट्टले बताए ।

कार्यालयका अनुसार, आव २०७७र०७८ मा ६५ द्रुत चिठ्ठी आयात निर्यात भएका थिए भने, आव २०७८र०७९ मा ६६, आव २०७९/०८० मा १४५, आव २०८०र ०८१ मा १८२ र गत आवमा ३२० द्रुत चिठी आयातरनिर्यात गरिएका थिए ।

कार्यालयका सूचना अधिकारी भट्टका अनुसार, यस कार्यालयबाट आर्थिक वर्ष २०७७र०७८ मा ३३ हजार ७७८, आव २०७८र ०७९ मा ३१ हजार ३६७, आव २०७९र०८० मा ३७ हजार ६३२, आव २०८०र०८१ मा ३४ हजार ६९७ र गत आवमा ३३ हजार ११३ चिठ्ठी पत्र आयात र निर्यात भएका छन् ।

यसैगरी, पछिल्लो पाँच वर्षयता आव २०७९र०८० मा हुलाक सामग्री अत्यधिक रूपमा आयात र निर्यात गरिएका थिए ।

हाल कञ्चनपुरका आठ पालिकामा हुलाक कार्यालयबाट कार्य हुँदै आएको छ भने चार वटा अतिरिक्त हुलाक कार्यालय पनि सञ्चालनमा छन् । अतिरिक्त हुलाक कार्यालय भने दैनिक दुई घण्टा मात्रै सञ्चालनमा रहने गरेका छन् भने पालिकास्थित हुलाक सेवा भने कार्यालय समयमा सञ्चालनमा रहने जिल्ला हुलाक कार्यालय कञ्चनपुरका सूचना अधिकारी भट्टले जानकारी दिए ।

सरकारी निकायमा हुलाकमार्फत चिठ्ठी पत्र आदानप्रदान गर्ने चलन भए पनि पछिल्लो समय सर्वसाधारणको भने त्यस तर्फ ध्यान जान छोडेको छ । यो सेवा समय अनुसार चुस्त र छिटोछरितो नबन्दा यस तर्फ सर्वसाधारणको ध्यान घट्दै गएको सूचना अधिकारी भट्टले बताए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode