साइबर ब्यूरोमा एमाले नेता बस्नेतले दिए डेढ घण्टा लिखित बयान
काठमाडौं : साइबर अपराधको कसुरमा बयान दिन प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीमा उपस्थित भएका नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले डेढ घण्टासम्म लिखित बयान दिएका छन्।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्देशनपछि ब्यूरोले नेता बस्नेतलाई बयानका लागि बोलाएको थियो।
सोही अनुसार उनी बुधबार बिहान ब्यूरोको कार्यालयमा हाजिर भएर लिखित बयान दिएको ब्यूरोका एसपी तथा प्रवक्ता दीपक राज अवस्थीले बताए।
क्याटेगोरी : समाचार










प्रतिक्रिया