Hikmat Acharya
  • २७ असोज २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

सुदूरपश्चिम यातायातको लामो दूरीका सेवा स्थगित


धनगढी-  देशका विभिन्न स्थानमा लगातारको भारी वर्षा र त्यसबाट सिर्जित जोखिमलाई मध्यनजर गर्दै सुन्दर सुदूरपश्चिम यातायात प्रालिले साउन १८ गतेका लागि सबै लामो दूरीका सवारी साधन सञ्चालन नगर्ने भएको छ।

कम्पनीका अध्यक्ष पद्मराज सापकोटाले जारी गरेको सूचनामा धनगढी–काठमाडौं, काठमाडौं–धनगढी लगायतका लामो दुरीमा पूर्व–पश्चिम रुटमा सेवा पूर्ण रूपमा बन्द रहने उल्लेख गरिएको छ।

सूचनामा भनिएको छ, ’राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनअनुसार असोज १८ गतेका लागि कुनै पनि लामो दूरीको यातायात सेवा सञ्चालन गरिने छैन।’

प्रालिले मौसम र सडकको अवस्था अनुकूल भए मात्र असोज १९ गतेदेखि सवारी साधन सञ्चालन गर्ने बताएको छ। सो सम्बन्धमा थप जानकारीका लागि कम्पनीका कार्यालय प्रमुख देवलाल जोशीलाई सम्पर्क गर्न सकिने समेत सूचनामा उल्लेख छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode