डोटीमा प्रहरी जवान मृत फेला, आएका थिए दसैं मनाउन

डोटी: डोटीमा एक ट्राफिक प्रहरी मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार शिखर नगरपालिका–८ गोपघाटका २८ वर्षीय शंकर बलायर शुक्रबार राति करिब ११ बजेतिर केआईसिंह राजमार्ग अन्तरगत गोपघाटमा सडकमा घोप्टो परेको अवस्थामा मृत फेला परेका हुन्।
उनको टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।
बलायर नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया, बारा दरबन्दी भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी जवान थिए।
असोज ७ गते १८ दिनको बिदामा दसैं मनाउन डोटी आएका उनलाई गाडीले ठक्कर दिएको हुनसक्ने अनुमान गरिएको छ। यद्यपि अहिले प्रहरीले अनुसन्धान थालेको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया