देशभर मनसुनी र स्थानीय वायुको प्रभाव, यी स्थानमा हुनेछ भारी वर्षा

काठमाडौं : हाल देशभर मनसुनी र स्थानीय वायुको प्रभाव रहेको छ ।
जसको प्रभावले देशभर साधारणतया बदली रहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो सबै प्रदेशमा साधारणतया बदली रहने छ ।
कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागलगायत मधेस प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोसी र वाग्मती प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
राति, सबै प्रदेशमा साधारणतया बदली रहने छ ।
कोसी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोसी, मधेस, वाग्मती, लुम्बिनी र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया