अछाममा सर्पले टोकेर महिलाको मृत्यु

अछाम: सर्पको टोकाइपछि उपचारको क्रममा जिल्ला अस्पतालमा एक महिलाको मृत्यु भएको छ।
कमलबजार नगरपालिका –३ वयाला निवासी ४२ वर्षीया निर्मला विष्टको घरनजिक सर्पले डस्दा उपचारको क्रममा मृत्यु भएको वडा अध्यक्ष नन्दसिंह कुँवरले जानकारी दिए।
अध्यक्ष कुँवरका अनुसार खेतबाट फर्कनेक्रममा मंगलबार बेलुकी करिब ६ बजेतिर घर पछाडितिर सर्पले टोकेको थियो। सर्पले टोकेलगत्तै छिमेकी पञ्चदेवल नगरपालिका –४ कालिकास्थानमा रहेको कुच्ची स्वाथ्य चौकीमा उपचारपछि थप उपचारका लागि राति नै जिल्ला अस्पताल मंगलसेन ल्याइएको थियो।
जिल्ला अस्पतालमा लगेलगत्तै चिकित्सकले मृत घोषणा गरेको वडा अध्यक्ष कुँवरले जानकारी दिए।
मृतकका पति दिपेन्द्र विष्ट रोजगारीको सिलसिलामा विदेश रहेका छन्। मृतकको दुई छोरा रहेका छन्।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया