Hikmat Acharya
  • १ कात्तिक २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

आरजु राणाका भाइ भुुषणको घरमा सिआइबीको छापा


काठमाडौँ : कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वपरराष्ट्रमन्त्री आरजु राणाकी भाइ भुुषण राणाको घरमा प्रहरीले छापा मारेको छ।

आइतबार राति जावलाखेलस्थित निवासमा पुगेर सिआइवीको टोलीले उनको घरमा छापा मारेको हो।

ठूला भ्रष्टाचार काण्डमा जोडिएको आरोप खेप्दै आएकी आरजुलाई भाइले सहयोग गर्ने गरेको दाबी गरिन्छ।

भुुटानी शरणार्थी काण्डमा आरजुसँगै भुषणको पनि संलग्नता रहेको भन्दै सिआइवीले प्रमाणका निम्ति भुषणको घरमा छापा मारेको हो। भुषण भने युरोपमा रहेको थाहा भएको छ।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode