Hikmat Acharya
  • १ कात्तिक २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

राहदानी रोक्का गर्ने सरकारको निर्णयप्रति एमालेको आपत्ति


काठमाडौँ : नेकपा एमालेले अध्यक्ष केपी ओलीको राहदानी रोक्का गर्ने निर्णयलाई प्रतिशोध भनेको छ।  साथै एमालेले सरकार दलहरूलाई निषेध गर्नेगरी अघि बढेको ठहर समेत गरेको छ।

एमालेले आगामी असोज २७ देखि २९ गते बस्नेगरी केन्द्रीय समिति बैठक बोलाएको छ।

आइतबार बसेको सचिवालय बैठकले जेनजी आन्दोलन र त्यसपछिका घटनाक्रमबारे छलफल गर्न केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए। त्यसअघि असोज १९ र २० गते सचिवालय बैठक बस्ने ज्ञवालीको भनाइ छ।

आजको बैठकमा भदौ २३ र २४ को घटना र त्यसपछिका विकसित घटनाक्रमबारे सामान्य समीक्षा गरेको छ। त्यसक्रममा सुशीला कार्की नेतृत्वको सरकार राजनीतिक प्रतिशशोधको बाटोमा अघि बढ्न खोजेको ठहर पनि बैठकले गरेको ज्ञवालीको भनाइ छ।

एमालेले इतिहास बोकेका दललाई पन्छाएर अघि बढ्न खोजेको अनुभुति गरेको भन्दै संवाद र छलफल नै नचाहेको देखिएको जनाएको छ।

त्यस्तै बैठकले भदौ २३ र २४ को घटनाको छानविन गर्न गठित जाँचबुझ आयोगले एमाले अध्यक्ष केपी ओलीसहितका पदाधिकारीहरूको राहदानी रोक्काको निर्णयप्रति आपत्ति जनाएको छ।

त्यसलाई एमालेले प्रतिशोध भनेको छ। साथै एमालेले भदौ २४ का दोषीलाई कुनै कारवाही नगर्नु भनेर गरेको पत्राचारले दोषीको मनोबल बढाउने र उन्मुक्ति दिने तथा प्रहरीको मनोबल घटाउने काम गरेको एमालेको ठहर छ।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode