Hikmat Acharya
  • २७ असोज २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

प्रशिक्षक भट्टको बचाउमा भलिबल संघ


धनगढी : राष्ट्रिय पुरुष टोलीको छनोट विवादपछि राष्ट्रिय खेलकुद परिषद्का मुख्य भलिबल प्रशिक्षक जगदिशप्रसाद भट्टले राजीनामा दिएका छन्।

उनले सामाजिक सञ्जालमार्फत राखेपबाहेक अन्य भलिबल गतिविधिबाट अलग हुने घोषणा गर्दै, गलत प्रचारवाजीका कारण शारीरिक, मानसिक र सामाजिक रूपमा विचलित भएको कारण उल्लेख गरेका छन्।

नेपाल भलिबल संघले भट्टको राजीनामा पुनर्विचार गर्न आग्रह गरेको छ। अध्यक्ष जितेन्द्रबहादुर चन्दले विज्ञप्तिमार्फत उनीमाथि गरिएको गलत प्रचारले निराश बनाएको भन्दै पुरानै जिम्मेवारीमा फर्कन आग्रह गरेका छन्।

३० वर्षदेखि भलिबलमा संलग्न भट्टले प्रशिक्षणकालमा नेपाललाई १३ अन्तर्राष्ट्रिय पदक दिलाएका छन्।

संघले भट्ट, मुख्य प्रशिक्षक भरत यादव र उपाध्यक्ष भरत बहादुर शाहसहितको छनोट समिति बनाएर १८ खेलाडी छानेको भए पनि नाम सार्वजनिक गरेको छैन।

तर गण्डकी प्रदेश भलिबल संघले आफ्ना खेलाडीलाई अन्याय गरिएको भन्दै असहमति जनाएको छ।

पुनर्विचार नभए संघका कार्यक्रममा भाग नलिने चेतावनी पनि दिएको छ।


क्याटेगोरी : खेलकुद, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode