Hikmat Acharya
  • ७ कात्तिक २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

प्रधानमन्त्री कार्कीको नामका फेक आइडी, कसले खोल्यो ?


धनगढी : प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेसबुक र एक्स (ट्वीटर)मा फेक आइडी बनाएर समाचार तथा पोस्टहरू गरिएको पाइएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सूचना जारी गर्दै यस्ता फेक आइडीका पोष्टको भ्रममा नपर्न आग्रह गरेसँगै फेक आइडीबारे तथ्य बाहिर आएको हो।

कार्यालयले आइडी नक्कली भएको भन्दै यस्तो गैरकानूनी कार्य गरेमा प्रचलित कानूनबोजिम कारबाही हुने चेतावनी समेत दिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ–‘सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको नाम उल्लेख गरी फेक आइडी बनाई फेसबुक/ट्वीटर जस्ता सामाजिक सञ्जालबाट समाचार/पोष्टहरु गरेको पाइएको हुँदा यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ।

साथै, यस किसिमको गैरकानूनी कार्य गरेमा प्रचलित कानूनबमोजिम आवश्यक कारबाही हुने ब्यहोरासममेत सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ।’


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode