Hikmat Acharya
  • २७ असोज २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

ओली, लेखक, देउवा र खड्कालगायतको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी


काठमाडौं : सरकारले प्रमुख दलका केही शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ ।

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वगृहमन्त्री रमेश लेखक, नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवा, पूर्व ऊर्जामन्त्री दीपक खड्कालगायत शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने तयारी गरेको हो ।

गत भदौ २३ गते जेनजी आन्दोलनलाई दमन गर्न लगाउने नेताहरूलाई आन्दोलनको माग अनुसार नै अनुसन्धान गर्नुपर्ने भएकाले राहदानी रोक्का गर्न लागिएको बताइएको छ ।

सरकारले तत्काल मूख्य दुई विषयमा अनुसन्धान गर्ने देखिएको छ । सरकारले गरेको दमन र नेताको घरमा देखिएको नगदको आधारमा तत्काल अनुसन्धान गर्नको लागि पासपोर्ट रोक्का गर्न लागेको स्रोतको दाबी छ ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode