निर्वाचन आयोगद्वारा मतदाता नामावली पुनः संकलन सुरु

काठमाडौँ । निर्वाचन आयोगले आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सुरु गरेको छ ।
आयोगको निर्णयअनुसार कार्तिक ३० गतेसम्म बिहान १० बजेदेखि साँझ ५ बजेसम्म प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयमार्फत नामावली दर्ता गर्न सकिने व्यवस्था गरिएको छ ।
आयोगका अनुसार हाल १६ वर्ष उमेर पूरा गरी नेपाली नागरिकता प्राप्त गरेका व्यक्तिहरूले नयाँ नाम दर्ता गराउन सक्नेछन् । त्यस्तै, विवाह, बसाइँसराइ वा अन्य कारणले विवरण परिवर्तन गर्नुपर्ने मतदाताले पनि नामावली अद्यावधिक गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
यसका लागि आयोगको वेबसाइट www.election.gov.np मार्फत पनि प्रि-रजिस्ट्रेशन गर्न सकिनेछ भने जिल्ला निर्वाचन कार्यालयमा बायोमेट्रिक विवरण उपलब्ध गराउनुपर्नेछ ।
आयोगले सम्पूर्ण योग्य नेपाली नागरिकलाई तोकिएको म्यादभित्र नाम दर्ता तथा विवरण अद्यावधिक गरी निर्वाचनमा आफ्नो अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ ।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार
प्रतिक्रिया