कैलाली प्रहरीले हटायो घुमुवा, जिम्मेवारीमा आउन हानथाप !
यी हुन् हटाइएका घुमुवा प्रहरी

धनगढी : कैलालीमा घुमुवा प्रहरी विवादित बनेपछि सबैलाई जिम्मेवारीबाट हटाइएको छ। बुधबारबाट सम्पूर्णलाई जिम्मेवारीमुक्त गरिएको हो।
कैलालीमा प्रहरी नायब निरीक्षक (सई) गजेन्द्रबहादुर चन्दको नेतृत्वमा घुमुवा प्रहरी खटनपटन हुँदै आएको थियो।
तर, चन्द विवादित बन्न थालेपछि टोलीलाई हटाइएको हो। भारतमा भएको पैँसा चोरी प्रकरणमा पनि चन्दको नाम जोडिएको थियो।
घुमुवा प्रहरीको इन्चार्ज बन्न हानथाप !
कैलालीमा घुमुवा प्रहरी बन्न हानथाप नै हुने गरेको छ।
केही प्रहरी अधिकारीहरूले लामो समयदेखि सादा पोसाक इन्चार्ज बन्न दबाब दिइरहेको स्रोत बताउँछ।
त्यसैको सिकार चन्द बनेको हल्ला पनि कैलाली प्रहरी वृत्तमा छ।
अघिल्ला समयमा सादा पोसाक टोलीको नेतृत्व गरिसकेका र विवादास्पद छविका प्रहरीहरू नै फेरि जिम्मेवारीमा फर्किन खोजिरहेको समेत बताइन्छ।
कैलाली करागार घटनामा एसपी बाल नरसिंह राणा हेडक्वाटर तानिएपछि एसपी नरेन्द्र चन्दलाई पठाइएको छ। नेतृत्व फेरिने प्रत्येक अवसरमा ‘घुमुवा प्रहरी’ बन्न आन्तरिक रस्साकस्सी हुने प्रचलन रहेको छ।
कैलालीमा खटाइने सादा पोसाक प्रहरी व्यक्तिगत आचरणका कारण पटकपटक विवादमा आउने गरेकाले यसपटक जिम्मेवारी बाँडफाँड कसरी हुन्छ भन्ने प्रश्न चासोको विषय बनेको छ।
यी हुन् हटाइएका घुमुवा प्रहरी
क्याटेगोरी : राष्ट्रिय, समाचार
प्रतिक्रिया