संविधानभित्रैबाट राष्ट्रिय सहमति खोज्न कांग्रेस सुदूरपश्चिमको आग्रह

धनगढी : सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका नेताले संविधानभित्रैबाट राजनीतिक दल, सरकार र जेनजी युवाबिच राष्ट्रिय सहमति गर्नुपर्ने माग गरेका छन्।
सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने २३ नेताले बुधबार विज्ञप्तिमार्फत प्रतिनिधि सभा पुनस्र्थापनाको माग गरेका हुन्। विज्ञप्तिमा पुनस्र्थापित प्रतिनिधि सभामार्फत संविधान संशोधन हुनुपर्ने माग गरिएको छ।
पुनस्र्थापित प्रतिनिधि सभामा जेनजी युवालाई सहभागी गराइनुपर्ने, संशोधित संविधानका आधारमा आमनिर्वाचनमा जानुपर्ने नेताको माग छ। विज्ञप्तिमा विशेष महाधिवेशनका लागि हस्ताक्षर अभियान सञ्चालन नगर्न आग्रह गरिएको छ।
क्याटेगोरी : राजनीति, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया