Hikmat Acharya
  • २८ असोज २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च


काठमाण्डौ – सुनचाँदीको भाउ अहिलेसम्मकै उच्च भएको छ ।

सुनको भाउ आज तोलामा एक हजार तीन सय रुपैयाँले बढेर तोलाको दुई लाख २३ हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सुनको भाउले पछिल्ला दिनमा निरन्तर रेकर्ड बनाएको छ ।

हिजो सुनको भाउ तोलाको दुई लाख २१ हजार सात सय रुपैयाँ थियो ।

आज चाँदीको भाउले पनि कीर्तिमान बनाएको छ । चाँदीको भाउ आज तोलामा २० रुपैयाँले बढेर तोलाको दुई हजार सात सय रुपैयाँ पुगेको छ ।

हिजो चाँदीको भाउ तोलाको दुई हजार छ सय ८० रुपैयाँ थियो ।


क्याटेगोरी : राष्ट्रिय, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode