देउवा दम्पती आज डिस्चार्ज हुँदै, कहाँ बस्छन् अब ?

धनगढी : जेन्जी आन्दोलनमा घाइते भएका नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी एवं पूर्वमन्त्री डा. आरजु राणा अस्पतालबाट आज डिस्चार्ज हुँदैछन्।
जेन्जी आन्दोलनकारीबाट दुव्र्यवहारको शिकार भएका देउवा दम्पतीको स्वास्थ्यमा उल्लेख्य सुधार भएसँगै उनीहरू डिस्चार्ज हुँदैछन्।
उपचारमा संलग्न चिकित्सकहरूले आजको स्वास्थ्यस्थिति विश्लेषण गरेपछि डिस्चार्ज हुने स्वकीय सचिव भानु देउवाले बताए। डिस्चार्जपछि उनीहरूको अस्थायी बसोबास ललितपुरमा हुने पनि उनले बताए।
सानेपा, झम्सिखेलमा डा. राणाको माइती घर र जावलाखेलमा उनका भाइ भूषण राणाको घर छ।
बूढानीलकण्ठको क्षतिग्रस्त घरको पुनःनिर्माणमा समय लाग्ने कारण उक्त घर तयार नहुञ्जेलका निम्ति देउवाको दम्पती त्यहाँ बस्ने तयारीमा छन्।
प्रदर्शनकारीले गरेको दुव्र्यवहारका क्रममा सभापति देउवाको गर्धनमा धारिलो हतियारले प्रहार भएको थियो।
उपचारका क्रममा आठ वटा टाका लगाइएको थियो। डा. राणाको पनि गर्धनमै चोट थियो।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार, सुदूरपश्चिम
प्रतिक्रिया