उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट लुटिएका हतियार कैलालीमा, चारजना पक्राउ

धनगढी : उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथबाट लुटिएका हतियार कैलालीमा फेला परेका छन्।
जेनजी आन्दोलनमा लुटिएका उक्त हतियार कैलालीमा फेला परेका हुन्। हतियारसहित कैलालीको गौरीगंगा नगरपालिकाका चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रणबहादुर चन्दले गौरिगंगा नगरपालिका– १ बस्ने २२ वर्षीय हिमाल आचार्य, वडा नम्बर ३ का २० वर्षीय जिवेश सापकोटा, सोही ठाउँका १९ वर्षीय समीर खड्का र १९ वर्षकै आभास चन्दलाई पक्राउ गरिएको जाजनकारी दिए।
उनका अनुसार प्रहरी प्रधान कार्यालय अपराध महाशाखाबाट आएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली, इलाका प्रहरी कार्यालय मालाखेती र चौमालाबाट खटिएको संयुक्त प्रहरी टोलीले गौरीगंगा–१ बस्ने समिर खड्काको घरबाट हतियार पनि बरामद गरेको हो।
डीएसपी चन्दले भने, ‘७.६२ एमएमको गली एक थान, पेस्तोल एक थान, म्यागजिन एक थान, राउन्ड थान २८ र आभाष चन्दको साथबाट रिभल्वर पेस्तोल एक थान बरामद गरिएको छ।’
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया