Hikmat Acharya
  • ७ कात्तिक २०८२, बिहीबार
  • काठमाडौं
Paschim Raibar

गुण्डुलाई ‘गुण्डाको अखडा’ नबनाउन ओलीलाई छिमेकीको अनुरोध


काठमाडौं : भक्तपुरको गुण्डुस्थित नयाँ घरमा बसिरहेका एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिमेकीहरूले घर वरिपरि युवाहरूको भीड नलगाउन अनुरोध गरेका छन्।

जेनजी आन्दोलनका क्रममा बालुवाटारमा घेराउ भएपछि सैनिक हेलिकोप्टरमार्फत् बाहिरिएका ओली पछिल्ला दिनमा सार्वजनिक कार्यक्रममा सक्रिय देखिएका छैनन्।

असोज ३ गते संविधान दिवसमा आयोजित कार्यक्रममा पनि सहभागी भएका थिएनन्। ओली नजिकका पोलिटब्युरो सदस्य महेश बस्नेत सक्रिय देखिएका छन्।

पार्टीभित्र पुनर्गठनको आवाज बढिरहे पनि बस्नेतले सामाजिक सञ्जालमार्फत् ओलीलाई निर्विकल्प नेता भनेर प्रस्तुत गरिरहेका छन्।

तर, बस्नेतले सुगठित युवाहरुलाई २४ घण्टा निवास वरिपरि खटाउन थालेपछि छिमेकीहरूले असन्तुष्टि जनाएका छन्।

गत रात बस्नेतले युवाहरुलाई गस्तीमा खटाएका थिए भने बिहानै ओलीसँग फोटोसेसन गरिएको थियो।

सो अवसरमा ४० भन्दा बढी युवाले फोटो खिचेका थिए, जसलाई केहीले प्रत्यक्ष प्रसारणसमेत गरेका थिए।

सोही प्रसारणमा पनि छिमेकीहरूले गुण्डुलाई ‘गुण्डाको अखडा’ नबनाउन आग्रह गरेका देखिन्छ।


क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode