बैतडीका चन्दसहित दुई जना प्रहरी फन्दामा, लुटपाट गरेका थिए चाैकी

डडेल्धुरा : बैतडीको मलौली गाउँपालिका–९ घर भई हाल ललितपुरको कुपण्डोल बस्ने २४ वर्षीय धीरेन्द्र चन्द प्रहरी चौकीमा आगजनी तथा लुटपाट आरोपमा पक्राउ परेका छन्।
उनसँगै सानेपा बस्ने २४ वर्षीया सृष्टी तामाङ पनि पक्राउ परेकी छन्।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार उनीहरूले भदौ २४ गते कुपण्डोलस्थित हनुमानस्थान प्रहरी चौकीमा तोडफोड र आगजनी गरेका थिए।
आगजनीपछि चौकीमा रहेका प्रहरी बर्दी, हतियार र खाद्यान्न लुटेर ती बर्दी लगाएर प्रदर्शनसमेत गरेको प्रहरीले जनाएको छ।
सामाजिक सञ्जालमा सार्वजनिक दृश्यहरूको अध्ययनपछि उनीहरूलाई पक्राउ गरिएको हो।
क्याटेगोरी : समाचार, सुदूरपश्चिम
प्रतिक्रिया