Hikmat Acharya
  • २८ असोज २०८२, मंगलबार
  • काठमाडौं
Paschim Raibar

बैतडीमा अरिङ्गालको टोकाइबाट एक युवकको मृत्यु


बैतडी– अरिङ्गालको टोकाइबाट बैतडीका एक युवकको मृत्यु भएको छ ।
जिल्लाको शिवनाथ गाउँपालिका–५ बिनपत्या घर भएका ४० बर्षीय लक्ष्मण दयालको अरिङ्गालको टोकाइबाट मृत्यु भएको उनका आफन्त सुरतकुमार पार्कीले बताए ।
मकैको थुप्रो बनाउने काठ काट्न गएका बेला दयाललाई गत भदौ २२ गते अरिङ्गालले टोकेको थियो । काठ काट्ने क्रममा दयाललाई अरिङ्गालले टोकेपछि उनी गम्भीर घाइते भएका थिए ।
भदौ २३ गते उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा पुर्याएको थियो ।
अस्पतालमा उपचार सम्भव नभएपछि भदौ २७ गते उनलाई अस्पतालबाट घर ल्याइएको पार्कीले बताए ।
दयालको शनिबार मृत्यु भएको उनले बताए ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode