Hikmat Acharya
  • ४ असोज २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

खसी किन्न क्रममा लफडा, सालाले गरे भिनाजुको हत्या


काठमाडौँ : बाँकेमा खसी किन्ने क्रममा विवाद भएपछि सालाले भिनाजुको हत्या गरेका छन्।

नेपालगञ्ज उपमहानगरपालिका- ५ का ५२ वर्षीय जाबिद अली बेहनाको मृत्यु भएको हो। शुक्रबार साला अजमद अलीको समूहले जाबिदको हत्या गरेका हुन्।

उनीहरूले खसीको व्यापार गर्ने गरेका थिए। खसीको मोलतोल गर्ने क्रममा झडप भएको हो।

बिहान उनले किन्न ठिक्क पारेको एउटा खसी अर्कैले उठाएपछि दुई समूहबीच झडप भएको थियो। उनीहरुले आपसमा ढुंगा हानाहान गरेका थिए।

अलीको भेरी अस्पतालमा उपचारका क्रममा हिजो दिउँसो मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेले घटनामा संलग्न चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ। उनीहरूसँग सोधपुछ गर्न बाँकी छ।

स्थानीयले उनीहरूबीच पहिलेदेखि नै घरायसी विवाद रहेको बताएका छन्।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode