Hikmat Acharya
  • ४ असोज २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

अझै फरार छन आठ हजार ८१६ कैदीबन्दी, कुन कुन जिल्लाका ?


काठमाडौं : गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा देशभरका कारागार र बालसुधारगृहहरूबाट ठूलो संख्यामा कैदीबन्दी फरार भएका छन्। कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार, २७ वटा कारागारबाट १३ हजार ५९१ कैदीबन्दी भागेका छन्।

यस्तै, नौ वटा बालसुधारगृहबाट पनि ९६४ जना फरार भएका छन्। त्यसबेला देशभरका कारागारमा २९ हजार २१२ कैदीबन्दी र बालसुधारगृहमा १ हजार ४२२ बालबन्दी रहेका थिए।

फरार हुनेहरूमा झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नक्खु, जगन्नाथदेवल, डिल्लीबजार, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, कपिलवस्तु, तुलसीपुर, नौबस्ता, रुकुमपूर्व, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुरका कैदीबन्दी रहेका छन्।

त्यस्तै, मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयन्डु, नौबस्ता र डोटीस्थित बालसुधारगृहबाट पनि कैदीबन्दी भागेका छन्।

हालसम्म प्रहरीले कारागारबाट भागेका ५ हजार ४९५ र बालसुधारगृहबाट भागेका २४४ जनालाई नियन्त्रणमा लिएको छ। अझै ८ हजार ८१६ कैदीबन्दी फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको विभागले जनाएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode