Hikmat Acharya
  • ३ असोज २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

एकै कार्यमक्रममा गए बाफत अध्यक्ष साउदले पचाए द‍ोहोरो भत्ता


अछाम : अछामको बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउदले एउटै कार्यका लागि दोहोरो भ्रमण भत्ता लिएको तथ्य सार्वजनिक भएको छ।

महालेखापरिक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनमा अध्यक्ष साउँदले एकै कार्यक्रमका लागि द‍ोहोरो भत्ता लिएको तथ्य बाहिरीएको हो।

अध्यक्ष साउद २०८० साल पुस ७ देखि १३ गतेसम्म धनगढीस्थित स्थानीय पूर्वाधार विकास कार्यालयमा योजना सम्बन्धी कामका लागि गएको भन्दै दैनिक १० हजारका दरले पुस २४ गते भ्रमण भत्ता लिएको देखिन्छ।

तर, सोही मितिमा सोही कार्यका लागि पुनः पुस ८ गतेदेखि १४ गतेसम्म गएको भन्दै उनले दैनिक १२ हजार दैनिक भत्ता लिएको विवरण समेत भेटिएको छ। यसरी एउटै मितिमा एउटै कामका लागि दुई पटक भत्ता लिन नपाइने भन्दै स्थानीयवासीले गाउँपालिकाको वित्तीय व्यवस्थापन र पारदर्शितामाथि प्रश्न उठाएका छन्।

महालेखाले अध्यक्ष साउदबाट भ्रमण भत्ता असुल गर्नुपर्ने औल्याएको छ। तर, महालेखापरिक्षकले असुल उपर गर्न भनेको रकम अध्यक्षले फिर्ता गरे वा गरेरन् त्यो खुल्न बाकीँ छ।

यहाँ निमित्त प्रमुख प्रशासकीय अधिकृत बसन्तबहादुर रावल गाउँपालिका अध्यक्ष साउदका निकट मानिन्छन्। अध्यक्षकै निर्देशनमा रावलले हस्ताक्षर गर्ने गरेको आरोप लाग्दै आएको छ।

अध्यक्षले एकै कार्यक्रममा दुई पटक गएको भनेको कागजातमा हस्ताक्षर गरेर भुक्तानी दिनुले  पनि उनी पालिका अध्यक्षप्रति कति नतमस्तक भएर काम गर्छन भन्ने स्थितिलाई समेत उदाङ्गो पारेको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode