Hikmat Acharya
  • ३ असोज २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

जयगढमा स्व.रोहित स्मृति वाटिका निर्माण गरिने : समिति गठन


अछाम । जयगढमा रोहित स्मृति बाटिका निर्माण गरिने भएको छ।

जयगढमा राष्ट्रिय झण्डा गाड्ने क्रममा करेन्ट लागी दिवंगत भएका १७ वर्षीय किशोर रोहित साउँदको स्मृतिमा रोहित स्मृति बाटिका निर्माण गरिने भएको हो ।

श्रीकृष्ण जन्माष्टमीको अवसरमा जयगढमा लाग्दै आएको ऐतिहासिक मेलाका लागि बजार शृङ्गार्न राष्ट्रिय झण्डा गाड्ने क्रममा करेन्ट लाग्दा जयगढस्थित झरना होटलका सञ्चालक गजेन्द्र साउँदका एक्ला छोरा १७ वर्षीय रोहितको निधन भएको थियो।

स्मृति बाटिका निर्माणका लागि राम बहादुर साउँदको अध्यक्षतामा मूल कार्य समिति गठन गरिएको छ। उक्त समितिले जयगढ बजार नजिकै पायक पर्ने स्थानको छनोट गरी रोहित स्मृति बाटिका निर्माणका लागि आवश्यक प्रक्रिया अघि बढाउने छ।

शुक्रवार जयगढ बजारस्थित झरना होटलमा सम्पन्न भेलाबाट रोहित स्मृति बाटिका निर्माण गर्ने निर्णय गरिएको हो । भेलामा गाउँपालिका अध्यक्ष टेक बहादुर साउद, उपाध्यक्ष बिन्दु रावललगायत जनप्रतिनिधि, राजनीतिज्ञ, समाजसेवी तथा बजारबासी सहभागी भएका थिए।


क्याटेगोरी : पालिका, राजनीति, समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode