Hikmat Acharya
  • ३ असोज २०८२, शुक्रबार
  • काठमाडौं
Paschim Raibar

धनगढीका पत्रकार बिष्टलाई ज्यान मार्ने धम्की, उपमेयरका छोरासहित तीनजनाको नाममा जाहेरी


धनगढी : बैतडीको दशरथ चन्द नगरपालिकाकि उपमेयर कौशिला चन्दका छोरा विशाल चन्दले पत्रकार जनक विष्टलाई धम्की दिएका छन्।

जेनजीको हवला दिँदै पत्रकार विष्टलाई अपरिचित नम्बरबाट टेलिफोन गरेर ज्यान मार्ने भन्दै धम्की दिएका हुन्।

धनगढी उपमहानगरपालिका-५ तारानगरमा बस्दै आएका चन्दले प्रेस चौतारी कैलालीका अध्यक्ष समेत रहेका विष्टलाई अपशब्द प्रयोग गरेर धम्की दिएका हुन्।

धनगढी उपमहानगरपालिका-१३ का नवराज कार्कीको मोबाईल प्रयोग गरेर विशालसँगै धनगढीकै रिवाज शाहले समेत उनलाई धम्क्याएका छन्।

जेनजीको हमला दिदै धम्की दिएपछि पत्रकार विष्टले सुरक्षा र कानुन कारवाहीको माग गर्दै तिनै जनाको नाममा जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएका छन्।

२४ भदौको राति घरमा सुतिरहेको अवस्थामा टेलिफोन गर्दै उनीहरूले सुरूमा विष्टलाई प्रेस विज्ञप्ति दिनुपर्नेछ भेटौँ भनेर कुराकानी गरेका थिए।

उनले राति भइसकेको र भोलिपल्ट बिहान भेट्ने भनेपछि तथानाम गालीगलौज गर्दै थ्रेड दिएका थिए। विष्टलाई धम्की दिने शाहसहितका युवा धनगढीमा जेनजी आन्दोलनमा अग्र मोर्चामा देखिएका छन्।

पत्रकार विष्टकाअनुसार धम्की दिने चन्द र शाहसँग उनको दोहोरो चिनजान छैन्। चिनजान नभएको अवस्थामा गत बैशाख १४ गते धनगढीको पोटली फुड अगाडि अहिले धम्की दिने मध्येका चन्दले विष्टमाथि दुर्व्यवहार गरेका थिए।

सोही दिन प्रहरीले उनलाई नियन्त्रणमा लिएर थुनेको थियो। तर मदिरा सेवन गरेको सुरमा आफूबाट गल्ती भएको भन्दै माफी मागेपछि मिलापत्र गरेर छाडिएको थियो।

सोही विषयलाई लिएर जेनजी आन्दोलन भइरहेको मौकामा धम्की दिदै पत्रकार विष्टको घर तथा कार्यालय आगजनी गर्ने भन्दै धम्की दिइएपछि उनले कानुनी कारवाहीको प्रक्रिया अघि बढाएका छन्।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode