सार्वजनिक हुँदै ओली, विशेष सम्बोधन गर्ने

धनगढी : जेनजी आन्दोलनका कारण पदबाट राजीनामा दिएर सेनाको सुरक्षा घेरामा बसेका निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि शुक्रबार सार्वजनिक हुने भएका छन्।
संविधान दिवसको अवसरमा एमालले आयोजना गरेको विशेष कार्यक्रममा ओली सहभागी हुने भएका हुन्।
जेनजी आन्दोलन पछि ओलीको यो पहिलो सार्वजनिक कार्यक्रम हुनेछ। च्यासलमा हुने कार्यक्रममा जेनजी आन्दोलनबारे एमालेको धारणा सार्वजनिक गर्ने तयारी गरिएको छ।
ओलीले भोलिको कार्यक्रमा विषेश सम्बोधन पनि गर्ने भएका छन्।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार
प्रतिक्रिया