Hikmat Acharya
  • १ असोज २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

अछाममा बालिका बलात्कारको आरोपमा एक जना पक्राउ


अछाम– अछामको साँफेबगर नगरपालिका–४, जनकल्याण टोल बस्ने ३२ वर्षीय महेश भुललाई बलात्कारको अभियोगमा प्रहरीले पक्राउ गरेको छ।

मंगलबार साँझ उनलाई पक्राउ गरिएको हो।

१३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।

यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode