Hikmat Acharya
  • १ असोज २०८२, बुधबार
  • काठमाडौं
Paschim Raibar

जेन–जी पुस्ताको प्रदर्शनमा सुदूरका ९ जनाको ज्यान गयो


धनगढी – सुदूरपश्चिम प्रदेशका ९ जनाले जेन–जी पुस्ताको प्रदर्शनका क्रममा ज्यान गुमाएका छन्।
प्रदर्शनका क्रममा भदौ २३ गते पहिलो दिन तीन जना र दोस्रो दिन ४ जनाले ज्यान गुमाएका हुन। २ जनाले भने आन्दोलनकै क्रममा कारागारबाट भाग्दै गर्दा ज्यान गुमाएका छन्।
प्रहरीले चलाएको गोली लागेर धनगढी उपमहानगरपालिका– ५ तारानगरका गौरव जोशीको भदौ २३ गते निधन भएको थियो।
२७ वर्षीय गौरव तीन वर्षअघि धनगढीको ऐश्वर्य विद्या निकेतनबाट विज्ञानमा प्लस टु सकेर काठमाडौँ गएका थिए। उनी विदेश जाने तयारीमा थिए। प्रदर्शनका क्रममा वृद्ध आमाबुबा सहाराको टेको नै ढलेको छ।
बझाङको खप्तड छान्ना गाउँपालिका–७, गोर्खाली गाउँमा सुवास बोहराको पनि प्रहरीको गोली लागेर भदौ २३ गते निधन भएको छ। २१ वर्षीय सुवास भाषा परीक्षा पास गरेर जापान जाने तयारीमा थिए।
तर, जापानको भिसा लागेको केही दिनमै उनका बुबा दीपक बेपत्ता भएपछि उनको जापान जाने सपनामा ब्रेक लागेको थियो।
त्यसपछि भारतको बेङलुरु पुगेर फेरी आमाले जापान पठाउने ढाडस दिएपछि काठमाडौँ फर्किएका उनी संसद् भवन अगाडिको गेटमा गोली लागेर निधन भएको हो।
छोरोलाई जापान पठाउन भारतको बेङलुरुबाट मजदुरी गर्दै गरेकी आमा र सुवासँगै काठमाडौँ बस्दै गरेका भाइको बिचल्ली भएको छ।
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–२ सुपाना गाउँका २१ वर्षीय योजन बुढा (ओजन)को पनि सोही दिन निधन भएको छ।
उनी काठमाडौँको पशुपति क्याम्पसमा स्नातक अध्ययनरत थिए। काठमाडौँमा डेरा गरी बस्ने योजनका बुवा मअडीपालले भारतमा मौसमी मजदुरी गर्दै आएका थिए।
प्रदर्शनका क्रममा बेपत्ता भएका योजनलाई टाउकामा गहिरो घाउ र एउटा हात भाँचिएको अवस्थामा आफन्तले अस्पतालमा शव फेला पारेका थिए।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode