Hikmat Acharya
  • ३० भदौ २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

सरकारले जेन–जी शहीदका परिवारलाई १५ लाख राहत दिने, १ असोजमा शोक बिदा


काठमाडौं : सरकारले जेन–जी आन्दोलनमा शहीद भएका व्यक्तिका परिवारलाई १५ लाख रुपैयाँ क्षतिपूर्ति र राहत दिने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले सबै शहीदका परिवारलाई १५ लाख रुपैयाँ राहत दिने निर्णय गरेको हो।

यसअघि प्रत्येक मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने घोषणा गरिएकोमा मन्त्रिपरिषद् बैठकले त्यो रकम १५ लाख पुर्‍याउने निर्णय गरेको हो।

यस्तै सरकारले आन्दोलनमा मारिएकाहरूको सम्झनामा जेन–जी स्मारक पार्क बनाउने भएको छ। यस्तै १ असोजमा शोक बिदा दिने निर्णय भएको छ।

यस्तै सरकारले जेन–जी प्रदर्शनको क्रममा भएका घटनाहरूको बारेमा छानबिन गर्न उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरेको छ । यसको संरचना कस्तो हुने भन्नेबारे टुंगो लाग्न बाँकी छ।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode