Hikmat Acharya
  • ३० भदौ २०८२, सोमबार
  • काठमाडौं
Paschim Raibar

निर्वाचन आयोगले भन्यो : चुनाव ६ महिनामा सम्भव छ


काठमाडौँ : ६ महिनाभित्र प्रतिनिधि सभाको चुनाव गराउन निर्वाचन आयोग तम्तयार देखिएको छ।

नयाँ मतदाता नामावली नै सङ्कलन गरेर पनि फागुन २१ भित्र चुनाव गराउन आयोग तम्तयार देखिएको हो।

निर्वाचन आयोग नेपालका सूचना अधिकारी सुमन घिमिरेले निर्धारित अवधिभित्रै चुनाव गराउन आयोग तयार रहेको जानकारी दिए।

‘फागुन २१ सम्म हिसाब गर्दा हामीसँग झण्डै ६ महिना समयावधि छ। सामान्यतयाः अन्तरराष्ट्रिय मापदण्डमा पनि १२० दिनअघि निर्वाचन घोषणा भएपछिको अवधिलाई निर्वाचन अवधि भन्छौँ’, उनले भने, ‘ त्यति समयभित्र निर्वाचन सम्पन्न गरेको अनुभव छ, गर्न नसकिने भन्ने नै हुँदैन।’

घिमिरेका अनुसार; आयोगले नयाँ मतदाता नामावली सङ्कलन गर्ने निर्णय भए त्यो काम पनि पूरा गरेर ६ महिनाभित्रै सहज ढङ्गले चुनाव गराउन सक्छ।

यसका लागि भने मतदाता नामावली ऐन, २०७३ मा सरकारले आवश्यक संशोधन गर्नुपर्ने उनले बताए।


क्याटेगोरी : राष्ट्रिय, समाचार

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode