जेनजी आन्दोलनमा जलाइएको भाटभटेनीमा ६ शव भेटिए
 
	
				
			काठमाडौं–चुच्चेपाटीको भाटभटेनीमा ६ वटा शव भेटिएको छ ।
जलेको अवस्थामा ६ वटा मानव कंकाल भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीले पुष्टि गरे । ककांल भेटिएका शव चिन्न सकिने अवस्थामा छैनन् ।
डीएनएपछि मात्रै शवको पहिचान हुने बताइएको । जेनजीको आन्दोदनमा आगजनी भएपछि भाटभटेनीमा आगजनी भएको थियो ।
२३ भदौमा जेनजीको आन्दोलन भएको थियो । सो क्रममा प्रहरीको गोली लागेर काठमाडौं र बाहिर जिल्लामा गरी २१ जनाको मृत्यु भएको थियो । त्यसपछि जेनजी आन्दोदन उग्र बनेको थियो । भोलिपल्ट २४ गते देशभर तोडफोड र आगजनी भएको थियो ।
अहिलेसम्म ५८ जनाको मृत्यु भएको बताइएको छ ।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार

 
				 
				 
				 
				 
				 
				








 Follow Us on Facebook
 Follow Us on Facebook Follow Us on 𝕏
 Follow Us on 𝕏 Follow Us on TikTok
 Follow Us on TikTok Subscribe Us on YouTube
 Subscribe Us on YouTube
प्रतिक्रिया