Hikmat Acharya
  • २८ भदौ २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

कञ्चनपुरमा निषेधाज्ञा जारी, यातायात सञ्चालन


कञ्चनपुर: कञ्चनपुरमा निषेधाज्ञा जारी भए पनि यातायातका साधन भने सञ्चालनमा आएका छन्। यहाँस्थित यातायात व्यवसायीहरूले निषेधाज्ञाबिच शनिवार बिहानदेखि यातायातका साधन सञ्चालनमा ल्याएका हुन्।

महेन्द्रनगर बसपार्कमा रहेको टिकट काउन्टर भने बन्द नै रहेको छ। काउन्टर नखुले पनि साना तथा ठुला सवारी साधनहरू सञ्चालनमा ल्याइएको यहाँका व्यवसायीहरूले बताएका छन्।

लगातार तीन दिन यातायात ठप्प हुँदा जिल्लामा यात्रुहरु अलपत्र परेकाले सवारी साधन सञ्चालन गर्नुपरेको उनीहरुको भनाइ छ

यात्रुहरुको मागअनुसार यातायातका साधन सञ्चालनमा ल्याइएको बस व्यवसायीका पदाधिकारीहरुको भनाइ छ।

महाकाली यातायात व्यवसायी संघका अध्यक्ष डम्बर पन्तले जिल्लामा केही मात्रामा यातायातका साधनहरू सञ्चालनमा आएको बताए।

प्रशासनले निषेधाज्ञा जारी गरे पनि यहाँका बस व्यवसायी, ट्याम्पो व्यवसायी, अटो व्यवसायीहले सवारी साधन सञ्चालनमा ल्याएको उनले बताए।

काउण्टर नखुल्दा यातायात व्यवसायीहरुले मनलाग्दी भाडा असुलिरहेको यात्रुको गुनासो छ जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले शनिवार साँझ ७ बजेसम्म जिल्लामा निषेधाज्ञा जारी रहेको जनाएको छ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले देशमा विद्यमान परिस्थितिको आँकलन गरी शनिवार साँझसम्म निषेधाज्ञा जारी रहेको बताउनुभयो । यसबिचमा यातायात सञ्चालनमा ल्याउन नहुने प्रमुख जिल्ला अधिकारी ढकालले बताए।

सञ्चालनमा आएका यातायातले घरबाट अथवा टिकट काटेर नै यात्रुहरूलाई नबोलाउन उनले आग्रह गरे।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode