Hikmat Acharya
  • २८ भदौ २०८२, शनिबार
  • काठमाडौं
Paschim Raibar

कैलालीमा हट्यो कर्फ्यु, यी ठाउँमा निषेधाज्ञा यथावत्


धनगढी : नयाँ सरकार गठन भएसँगै कैलालीमा पनि आमनागरिकको जनजीवन सामान्य बन्दै गएको छ। बजार क्षेत्रमा आवतजावत बढेको छ भने पसल पनि खुल्न थालेका छन्।

यस्तै, सार्वजनिक सवारी पनि चल्न थालेका छन्। सुदूरपश्चिम यातायातका अध्यक्ष पदम सापकोटाले छिटपुट रुपमा सार्वजनिक यातायात चलेको जानकारी दिए।

यस्तै, जिल्लामा लगाइको कर्फ्यु हटाइएको छ भने निषेधाज्ञा खुकुलो बनाइएको छ । निषेधाज्ञा पनि निश्चित क्षेत्रमा मात्रै लगाइएको छ। जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीका अनुसार स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारका कार्यालय तथा सुरक्षा निकायका कार्यालय क्षेत्रमा निषेधाज्ञा जारी गरिएको जानकारी दिए।

यस्तै, मुख्य बजार क्षेत्रमा पनि निषेधाज्ञा यथावत् राखिएको सूचना अधिकारी जोशीले जानकारी दिए। यस्तै, कैलालीसँग जोडिएको गौरीफन्टा नाकामा भने कडाइ यथावत् छ।

नाका भएर आफ्नो देश आउजाउ गर्न दिइएको छ। नेपालीलाई भारत जान र भारतीय नागरिकलार्य नेपाल आउन भने रोक लगाइएको छ।


क्याटेगोरी : समाचार, सुदूरपश्चिम

प्रतिक्रिया


धेरै पढिएका

प्रीतिबाट युनिकोड

© Preeti to Unicode
रोमनाइज्ड नेपाली

© Nepali Unicode