बालेन संकटको बेला लुक्ने डरपोक हो : हर्कराज साम्पाङ
 
	
				
			काठमाडौंः धरान उपमहानगरपालिका मेयर हर्कराज साम्पाङ राईले काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहलाई ‘डरपोक’ को संज्ञा दिएका छन्।
बालेनको प्रशंसा गरेर कहिल्यै नथाक्ने उनले आज भने आलोचना गर्दै संकटको बेला लुक्ने डरपोक भनेका हुन्। जेनजी आन्दोलनपछि राष्ट्रपति रामचन्द्र पौडेलले वार्तामा आउन युवाहरुलाई आह्वान गरेकोमा मेयर साम्पाङ हिजो दलबलसहित सैनिक मुख्यालय पुगेका थिए।
युवाहरुको पहिलो रोजाइमा देखिएका बालेनले भने प्रस्तावित अन्तरिम सरकार प्रमुख पूर्व प्रधानन्यायाधीश सुशिला कार्कीलाई समर्थन जनाएका छन्। उक्त सन्दर्भमा हिजो जंगीअड्डाबाट चित्त दुखाएर फर्किएका साम्पाङले आज सामाजिक सञ्जालमार्फत् बालेनजस्ता व्यक्तिलाई नेतृत्व मान्ने प्रवृतिकै कारण देशले विकास र निकास नपाएको टिप्पणी गरे।
उनले भनेका छन्, ‘संकटको बेलामा लुक्ने, सडकमा आउन नसक्ने डरपोक, आफूलाई जिम्मा लगाएको अभिमत अरुलाई दिइपठाउने, असहज परिस्थितिको सामना गर्न नसक्ने, अरुले काँधमा बोकिदिवोस् भन्ने किसिमको मान्छेलाई नेतृत्व मानिरहेकै कारण देशले न निकास पायो न विकास!’
क्याटेगोरी : राजनीति, समाचार

 
				 
				 
				 
				 
				 
				








 Follow Us on Facebook
 Follow Us on Facebook Follow Us on 𝕏
 Follow Us on 𝕏 Follow Us on TikTok
 Follow Us on TikTok Subscribe Us on YouTube
 Subscribe Us on YouTube
प्रतिक्रिया