जेन-जी आन्दोलनमा भागेका सुनारले गरे महिलामाथि जबरजस्ती प्रयास
 
	
				
			जेनजी आन्दोलनका क्रममा कञ्चनपुरबाट भागेका एक कैदीबन्दी फेरि अपराधमा लागेका छन्। भागेको भोलिपल्टै दोधाराचाँदनी नगरपालिका–१ का स्थानीय ३५ वर्षीय दीपक सुनार अर्को अपराधमा संलग्न भएका हुन्।
सुनारले बुधबार दिउँसो मदिरा सेवन गरेको अवस्थामा दोधाराचाँदनीकी ५० वर्षीया महिलामाथि जबरजस्तीकरण गर्न खोजेका थिए। खाना खाएर सुतेकी ति महिलालाई जबर्जस्त गर्न खोजेपछि महिला चिच्याउँदा त्यहाँबाट भागेका सुनारलाई स्थानीयहरुले भाग्दै गर्दा खेतबाट नियन्त्रणमा लिएका थिए।
कारागारबाट सुनारसँगै दोधाराचाँदनी घर भएका ११ कैदीबन्दी भागेका थिए। २ बर्षअघि देखि सुनार बलात्कार मुद्दामा कैद भुक्तानी गरिरहेका थिए। स्थानीयको सहयोगमा सुनारलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दोधारामा बुझाइएको प्रहरीले जनाएको छ।
पहिलो मुद्दाको कैद भुक्तान सजाय नकटाउँदै आन्दोलनको मौकामा फरार भएका सुनार फेरि अपराध कर्ममा संलग्न भएपछि दोस्रो कसुरमा मुद्दा चल्ने भएको छ। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।
क्याटेगोरी : राजनीति, राष्ट्रिय, समाचार, सुदूरपश्चिम

 
				 
				 
				 
				 
				 
				








 Follow Us on Facebook
 Follow Us on Facebook Follow Us on 𝕏
 Follow Us on 𝕏 Follow Us on TikTok
 Follow Us on TikTok Subscribe Us on YouTube
 Subscribe Us on YouTube
प्रतिक्रिया